६ किलो भन्दा बढी लागूऔषध चरेससहित बझाङमा दुई जना पक्राउ परेका छन्। दुर्गाथली गाउँपालिकाबाट केदारस्युँ तर्फ जाँदै गरेको सुप प्र०१००९ प १४४० मोटरसाइकलमा सवार केदारस्युँ गाउँपालिका–९ का प्रेम बोहरा र सोही गाउँपालिकाको–८ का सुनिल बोहरा चरेससहित पक्राउ परेका हुन्।
उनीहरूलाई दुर्गाथली गाउँपालिकाको आमरुखबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ६ किलो ६० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीले जानकारी दिए । मोटरसाइकल सहित नियन्त्रणमा लिइ उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मंगलबार मात्रै केदारस्युँ गाउँपालिकाको एम्बुलेन्सबाट धनगढी लैजाँदै गरेको तीन किलो चरेससहित चालक रामबहादुर खातीलाई कैलाली प्रहरीले प्रक्राउ गरेको थियो ।
2024/04/28, 3:51
2024/04/28, 3:48
2024/04/28, 3:47
2024/04/28, 3:45
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/06/18, 12:39
2020/10/22, 3:21
2021/05/10, 5:55
2022/11/06, 1:10