
काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको शीर्ष स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा चितवनलाई १–० गोल अन्तरले हराउँदै धनगढी शीर्ष स्थानमा उक्लेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जित दिलाउन ओलावाले अफिजले निर्णायक गोल गरे । ओलावालले खेलको दोस्रो मिनेटमा गोल गर्दै धनगढीलाई जित दिलाएका हुन् । पहिलो हाफको इन्जुरी समयमा चितवनले बराबरी गर्ने अवसर पाएको थियो ।
तर, चितवनका विमल धर्तीमगरले पेनाल्टी मिस गर्न पुगे । दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा धनगढीले जित निकालेको हो । जितसँगै धनगढी शीर्ष स्थानमा उक्लेको छ । धनगढीको ५ खेलबाट ११ अंक छ । दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ । पराजित चितवन पुछारबाट दोस्रो स्थानमा छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/06, 6:34
2020/10/09, 8:36
2021/06/24, 1:43
2022/02/22, 4:41