
नेपाल जेसिजको बुटवलमा सम्पन्न ५० औँ राष्ट्रिय महाधिवेशनमा धनगढी जेसिज वर्ष २००५ का अध्यक्ष नर नारायण शाह ९मनु० सम्मानित भएका छन। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्रीसमेत रहेका शाहलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले सम्मानित गरेका हुन।

धनगढी जेसिजको सन् २००५ को अध्यक्ष रहेका बेला शाहले सामाजिक र राजनीतिक क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मानित गरेको नेपाल धनगढी जेसिजका निवर्तमान अध्यक्ष मोहन ओझाले बताए। सम्मानित भएपछि शाहले यो सम्मानले सामाजिक तथा राजनैतिक क्षेत्रमा थप कार्य गर्न उर्जा मिलेको बताए।
शाह २००५ को अध्यक्ष हुनुका साथै नेपाल जेसिजले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा समेत सकृय सहभागिता जनाउदै विभिन्न पदमा रही उत्कृष्ट कार्य गर्दै आएको नेपाल जेसिजले जनाएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55