रितुको कप्तानीमा सुदूरपश्चिमको टिम घोषणा
2023/12/19, 11:10
 
aa

प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता  खेल्ने सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अनुसार ऋतु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। कप्तान ऋतुसँगै उपकप्तानमा बिन्दु रावल,जानकी थापा, रुवी पोद्दार,लक्ष्मी साउँद,मनीषा चौधरी,ईश्वरी विष्ट,रेवती धामी,राधिका पुजारा,सावित्री धामी,कविता जोशी,सम्झना खड्का,शोभा रोकाया र अनु कडायत अन्तिम १४ मा अटाएका हुन्।

यस्तै स्नेहा महरा,करिष्मा थापा,रूविना कुँवर र गङ्गा खड्का वैकल्पिक खेलाडीका रूपमा छनौट भएका छन्। हालै सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको हो।

प्रदेशस्तरीय छनौटपछि २२ जनाको बन्द प्रशिक्षण गरिएको र त्यसपछि अन्तिम टोली घोषणा गरिएको  सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताए । यो  टोलीले अब  पुस ५ गतेदेखि काठमाडौँमा   हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ। ।टढ