
कञ्चनपुरको महेन्द्रनगरमा युवाहरुले खाली खुट्टा हिँडेर प्रदर्शन गरेका छन । विभिन्न माग राख्दै उनीहरुले महेन्द्रनगरको मदन चोकदेखी बजार परिक्रमा गरेर भीमदत्तनगरपालिका मुल गेट अगाडी नाराबाजी गरेका छन ।

कोरोना महामारीका बेला सरकार गम्भीर नभएको, जनताको स्वास्थ्य सुरक्षामा वेवास्ता गरेको, क्वारेन्टाइनको व्यवस्थापन हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने र सीमा अतिक्रमण रोक्नका लागि सरकारले सीमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन ।
देशभरि सीमा अतिक्रमण हुँदा पनि सरकारले चासो नदिएको र महामारीका बेला समेत सरकारले अनियमितता गरिरहेको आरोप उनीहरूको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00