
कैलालीको धनगढी जेसिज यस वर्ष देशभरमै सर्वोकृष्ट शाखा भएको छ । राष्ट्रिय जेसिजको ५० औं महाधिवेशनमा धनगढी जेसिजलाई देशकै सर्वाेत्कृष्ट शाखा घोषित गर्दै पुरस्कृत गरिएको हो ।

सामाजिक तथा व्यक्तिगत कार्यमा विभिन्न गतिविधि गरेको भन्दै देशभरका एक सय ७८ शाखामध्ये धनगढी उत्कृष्ट बनेको धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले जानकारी दिए । धनगढी जेसिजले नयाँ वर्षमा धनगढी दौडिन्छ, विभिन्न समयमा रक्तदान, अन्तरक्रिया लगायतका विभिन्न गतिविधि गर्दै आईरहेको छ ।
सो सम्मान अध्यक्ष ओझालाई २०२३ का राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धरले हस्तान्तरण गरेका थिए । मंसिर २९ देखि शुरू भएको अधिवेशन २ गते सम्पन्न भएको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/24, 11:45
2023/05/27, 12:54