अन्तराष्ट्रिय तेक्वान्दोमा सुदुरपश्चिमका खेलाडीले जिते सबैभन्दा बढी स्वर्ण 
2023/12/20, 3:23
 
ss

भारतको उत्तराखण्ड स्थित देहरादुनमा भएको सातौं अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पीयनसीपमा सुदुरपश्चिमका खेलाडीले जिते सबैभन्दा बढी स्वर्ण पदक जितेका छन् । च्याम्पीयनसीपमा दोस्रो स्थान हासिल गरेको नेपालका लागि सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशका खेलाडीहरुले स्वर्ण पदक जितेका हुन् ।

 

प्रतियोगितामा सहभागी भएका सुदुरपश्चिम प्रदेशका कुनै पनि खेलाडी पदक विहीन नभएको नेपाल तेक्वान्दो संघ सुदुरपश्चिम प्रदेश समितिले जनाएको छ ।   प्रतियोगितामा भारत पहिलो बन्दा नेपालले २८ स्वर्ण सहित दोस्रो स्थान हासिल गरेकोमा सुदुरपश्चिमका खेलाडीहरुले ७ स्वर्ण जितेका छन् ।

नेपालबाट ७० जना खेलाडी सहभागी भएकोमा २८ स्वर्ण पदकमा सबैभन्दा बढी पदक सुदुरपश्चिमका ७ जना खेलाडीले जितेका हुन् । 
स्वर्ण पदक जित्ने सुदुरपश्चिमका खेलाडीहरुमा भुवन सार्की, पुर्णिमा भट्ट, हसिना राना, सोमु नेपाली, अनिष धामी, अस्मिता विक र दिपा राना रहेका छन् ।

सुदुरपश्चिमबाट सहभागीता जनाएका ११ खेलाडीमध्ये ७ जनाले स्वर्णमाथि कब्जा जमाउँदा तीन जनाले रजत र एक जनाले कास्य पदक जितेको तेक्वान्दो प्रशिक्षक श्रीराम चौधरीले जानकारी दिए । उनका अनुसार भीम धामी, विकास चौधरी र साईरा खड्काले रजत पदक जित्दा क्षितिज चौधरीले कास्य पद क जितेका हुन् ।