
कैलालीको धनगढीमा ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

भगवती टोलका देवकर भट्टकी पाँच वर्षीया छोरी शान्तिलाई बिहीबार ट्याक्टरले ठक्कर दिएको हो । हसनपुर–स्याउले सडक खण्डमा से १ त ६२०४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो ।
उनको धनगढीको निर्सग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55