कैलालीको टीकापुरमा १० लाखको अवैध सामानसहित दुई जना पक्राउ
 
aa

कैलालीको टीकापुरबाट अवैध सामानसहित दुई जना पक्राउ परेका छन्। प्रदेश प्रहरी महेन्द्रनगरको टोलीले लुकाई छिपाई राखेको अवस्थामा अवैध सामानसहित शुक्रबार बिहान दुई जनालाई पक्राउ गरेको हो।

टिकापुर वडा नम्बर ४ मोरन्याबाट घरको गोदाममा लुकाइ राखेका सामान लोड गर्ने क्रममा प्रहरीले प्रकाउ गरेको जनाएको छ। प्रहरीले अनुमानित १० लाख बराबरको माल समान प्याज ४३ बोरा, स्यामल सुर्ती ६० पोका, चकलेट ६ पेटि, खुर्सानी ३ बोरा, ललिपप ३ कटटा, सिन टोबाको १ कट्टा बरामद गरेको जनाएको छ । प्रहरीले अटोसहित अटोचालक र घरबेटीलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।