फुटबलका प्रशिक्षक लालवहादुर खड्का सम्मानित भएका छन् । आजदेखि धनगढीमा सुरु भएको छैटौ फारवेष्ट पशुपति कप २०८० को उदघाटन समारोहमा उनलाई खेलकुद क्षेत्रमा योगदान पुराएको भन्दै सम्मानित गरिएको हो ।

उनी स्वयम उपस्थित हुन नसकेपछि उनकी धर्मपत्नी रुपा खड्कालाई कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री झपट साउँदले सम्मान गरेका हुन् । खड्का लामो समयदेखि फुटबल खेलको विकासमा रहेका थिए ।
उनकै प्रशिक्षणमा सुदुरपश्चिमले पहिलो पटक २०६८ सालमा भएको छैठौ राष्ट्रिय खेलकुदमा फुटबलबाट स्वर्ण पदक जितेको थियो । लामो समय फुटबल प्रशिक्षक रहेका खड्का हाल सेवा निवृत भईसकेका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55