
कैलालीको टीकापुरबाट अवैध प्याज सहित एक जना पक्राउ परेका छन्। शुक्रवार प्रहरीले टीकापुर नगरपालिका– ४ मौरनियाँबाट ४८ बोरा अवैध प्याज बरामद गरेको छ।

सुदूरपश्चिम प्रदेश कार्यालयबाट खटिएको प्रहरी टोलीले आज (शुक्रवार) बिहान ४८ बोरा प्याज सहित श्यामल सुर्ती ६० पोका, चकलेट ३ पेटी, बिडी २२० पोका, खोर्सानी ३ बोरा, पोलिथिन ३५ पोका बरामद गरेको छ।
सामान संगै टीकापुर नगरपालिका– ४ मौरनियाँका २२ वर्षीय नेमिस चौधरी आफैले चलाएको भे २ स २३८८ नम्बरको अटोरिक्सासहित पक्राउ परेका छन्। बरामद गरिएको सामानसहित चौधरिलाई अनुसन्धानका लागि सत्ति भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 5:54
2022/04/03, 6:42
2025/06/30, 10:25
2020/07/30, 4:42