
कैलालीको टीकापुरबाट बहु–बिबाह मुद्दाका फरार प्रतिबादी पक्राउ परेकी छिन्। टीकापुर नगरपालिका-१ बस्ने २६ वर्षीया माया चौधरी शुक्रवार पक्राउ परेकी हुन्।

कैलाली जिल्ला अदालतले २०७२ माघ १० गते उनलाई बहु–बिबाह मुद्दामा ९ महिना ८ दिन कैद र ५ हजार जरिवाना ताकेपछि उनी फरार रहेकी थिइन्।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई घरको ठेगानामा फेला पारी पक्राउ गरेको जनाएको छ। उनलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिसकेको प्रहरीले बताएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55