बाजुरामा एक घरमा लागलागी हुँदा १८ लाखको क्षति
2023/12/27, 9:11
 
ss

 बाजुरामा एक घरमा लागलागी भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ५ किम्नीका रामबहादुर बुढाको तीन तले घरमा आगलागी भएको हो। बुढाको घरमा विद्युत् लाईन सट भएर आगलागी भएको बाजुरा प्रहरीले बताएको छ।

मङ्गलवार बिहान खाना पकाउने क्रममा विद्युत् लाईन सट भएर घरमा आगलागी भएको हो। स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। उनको घरमा भने पूर्ण क्षति भएको छ। घरमा रहेका लुगा कपडा, भाडाकुडाँ,अन्नपात लगायत सबै जलेर नष्ट हुँदा १८ लाखसम्मको क्षति भएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन।आगलागीमा मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरमा आगलागी हुँदा उनको ८ जनाको परिवार विस्थापित भएका छन् ।