
बझाङको जयपृथ्वी नगरपालिका ७, सुवेडाको चौपाखे भन्ने ठाउँमा आइतबार दिउँसो पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पहिरोमा सोही वडाका कर्मराज जोशीका १२ वर्षीय छोरा शिवराजको मृत्यु भएको हो । उनको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घाइते भएका अर्का स्थानीय जनेश्वर जोशीको उपचार भइरहेको छ । पहिरोमा पुरिएर शिवराज जोशीको एउटा भैंसी पनि मरेको छ । मृतक बालक पहिरो आएको बेला गोठभित्र बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिं कार्कीले बताए ।
शनिबार बिहान पनि केदारस्युँ गाउँपालिका ८, मल्लेसीमा पहिरो जाँदा ६ जनाले ज्यान गुमाएका थिए । एक जना अझै बेपत्ता छन् । पहिरोले १८ घर बगाएको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 9:36
2022/02/27, 11:47
2023/03/22, 1:07
2020/09/26, 4:27