गैरिटाँड–कमलबजार–बासकाँडा सडकको शिलान्यास
2023/12/31, 8:11
 
kk

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कैलाली–चिसापानी–जङ्गलघाट–बडिमालिका–गैरिटाँड–कमलबजार–बास्काँडा सडकअन्तर्गत ९गैरिटाँड–कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर० सडक कालोपत्र आयोजनाको शिलान्यास गरेका छन्।

भौतिक पुर्बाधार बिकास मन्त्रालयबाट संचालित बिकास आयोजनाको अनुगमन, निरक्षण र शिलान्यास गर्ने क्रममा आज बाजुरा जिल्लाको बुढिगंगा बिराबगर सडक पुल उदघाटन, त्रिबिणि नगरपालिका वडा न ४ मा रहेको मालागाड मोटरेबल पुल र बडिमालिका नगरपालिका वडा न २ भौनेरा नदि मोटरेबल पुलको शिलान्यास गरेको बताए।

डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारबाट सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमअनुसार आज अछाम आइपुगेका मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना उक्त सडकको शिलान्यास गर्दै उक्त आयोजना अछामका बासिन्दाको समृद्धिसँग जोडिएको बताए।

उनले सबै आयोजना निर्धारित समयभित्रै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। गैरिटाँड–कमलबजार–बासकाँडा सडक खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पिके निर्माण सेवाले पाएको छ । उक्त आयोजनाको लागत रु ६९ करोड ४३ लाख ५३ हजार छ। यात्राका क्रममा स्थानिय तह त्रिबेणी नगरपालिका, बडिमालिका क्याम्पस बुढीगंगा, बडिमालिका नगरपालिकाले पालिकाका बिकास निर्माण र अन्य समस्या सहितको ज्ञापनपत्र तथा स्वागत र सम्मान सहित अनुरोध पत्र अनुसारका समस्या समाधानका लागि आवश्यक पहल गर्ने समेत बताएका छन् ।