डोटीको एक घरमा आगलागी
2024/01/04, 11:53
 
aa

डोटीको एक घरमा आगलागी भएको छ। जिल्लाको पुर्वीचौकी गाउँपालिका-७ गजेडा चौका टोल बस्ने प्रेमबहादुर दमाईको दुई तले ८ कोठे घरमा खाना पकाउने चुलोबाट अचानक बुधवार आगलागी भएको हो।

आगलागी हुँदा घरको माथिल्लो तला जली पूर्ण रुपमा क्षेती भएको छ। घर भित्र रहेका अन्नपात, भाँडा बर्तन, सोलार पाता, काठ, फर्निचर, लत्ता कपडा, नगद लगायत अन्दाजी ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डाटीले जनाएको छ। उक्त आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।