बझाङबाट काठमाडौँ गइरहेको बस ट्रकसँग ठोक्कियो: १४ जना घाइते
2024/01/04, 1:25
 
aa

बझाङबाट काठमाडौँ गइरहेको बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ । प्रहरीका अनुसार बाँकेको राप्तिसोनारी २ मुगुवा खोला नजिक सुपप्र ०१ ००१ ख ३४१४ नम्बरको बस र ना५ख ७४०८ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । बसका सहचालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(११ का १९ वर्षीय अनिल भट्ट, कैलालीको गोदावरी नगरपालिका ६ का ६४ वर्षीय नवराज कठायत र सोही ठाउँकी ६२ वर्षीया लीलादेवी कठायत घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

त्यस्तै, बैतडीको भुवनेश्वर गाउँपालिका ८ का ३२ वर्षीय लक्ष्मण्म विष्ट, डोटीको पूर्विचौकी गाउँपालिका १ की ४८ वर्षीया मिनादेवी उपाध्या, बझाङको खप्तडछान्ना गाउँपालिका ६ की ३८ वर्षीया जानकी नेपाली, सोही ठाउँका ४० वर्षका सञ्जीव नेपाली, दुर्गाथली गाउँपालिका ५ का २४ वर्षीय नवीन मोर, छबिसपाथीभेरा गाउँपालिका ५ का ६८ वर्षीय हरीप्रसाद भट्ट, सोही ठाउँका २६ वर्षीय कृष्णप्रसाद भट्ट, तलकोट गाउँपालिका १ का ४४ वर्षीय गगनबहादुर धामी, मष्टा गाउँपालिका ४ की २४ वर्षीया कमला जोशी, केदारस्युँ गाउँपालिका ४ का २० वर्षीय दिपेश भट्ट र सुर्मा गाउँपालिका ३ का १८ वर्षीय जगत बोहरा घाइते भएका छन् ।

घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । बसमा १८ जना सवार रहेका बताइएको छ । प्रहरीका अनुसार बस चालक फरार छन् भने बस नियन्त्रणमा लिइएको छ । ट्र्कसहित चालक रुपन्देही बुटवल उपमहानगरपालिका(११ का ४१ वर्षीय यज्ञप्रसाद गैरेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।