
सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग कर्णाली पराजित भएको छ । सोमबार भएको सुदूरपश्चिम र कर्णालीको खेलमा सुदुरपश्चिमले कर्णालीलाई पराजित गरेको हो ।

सुदूरपश्चिमले पहिलो सेट २५–२१ ले जित हात पार्दा दोस्रो सेट भने कर्णालीले २५–२१ ले नै खेल आफ्नो पक्षमा फर्काएको थियो । त्यसपछिका दुई सेट सुदूरपश्चिमले २५–१८ र २५–२३ ले नतिजा हात पारेको थियो । यसअघि भएको खेलमा सुदूरपश्चिम आर्मी र गण्डकी प्रदेशसँग पराजित भएको थियो ।
आजै भएको अर्को खेलमा लुम्बिनीले कोशी प्रदेशलाई ३/१ को सेटमा पराजित गरेको हो। तीनवटै विभागीय टोली आर्मी, नेपाल प्रहरी, साबिक विजेता एपीएफ तथा गण्डकीले प्रतियोगितामा समान २ खेल जितेका छन् । अहिले विभागीय टोली एपीएफ र पुलिस तथा अन्तिम खेल आर्मी र गण्डकीबीच हुनेछ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2021/04/15, 4:05
2021/10/28, 6:04
2022/10/06, 10:56