बाजुरा अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सञ्चालन
2024/01/09, 12:07
 
aa

जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ। अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र एचआरसी नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा सो सेवा सञ्चालनमा ल्याइएको हो।

अस्पतालका प्रमुख डा समिता पुनका अनुसार १५ शय्या ९बेड० सञ्चालन भएको अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गर्ने बाजुरा अपस्पताल पहिलो हो। बाजुरा जिल्ला अस्पतालले साझेदार निकायसँग सहकार्य गरेर सञ्चालन गर्न सफल भएको उनले जानकारी दिए। यसका लागि आवश्यक स्वास्थ्य सामग्री ११ लाख बढीको खर्च र ‘फिजियोथेरापिष्ट’ व्यवस्थापन गरेर सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताए।

हाडजोर्नी दुखेका, नशा च्यापिएका बिरामी अब जिल्ला बाहिर जानुपर्ने समस्या हट्ने अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए। यसअघि सेवा सञ्चालन नहुँदा जिल्ला बाहिर धनगढी, कञ्चनपुर, नेपालगञ्जलगायतका अस्पतालमा जानुपर्ने स्थानीयलाई बाध्यता थियो। जिल्ला अस्पताल हाल १५ शय्या सञ्चालन भए पनि केही समयमै ५० शय्या सञ्चालनको प्रस्ताव गरिए त्यो तत्काल सहज छैन।

पन्ध्र शय्या सुविधाकै अस्पताल सञ्चालन गर्न तीन वर्ष जनशक्तिको तलब र केही उपकरण सहायता मानव संसाधन केन्द्रले गर्ने संस्थाका अध्यक्ष नीरबहादुर शाहीले बताए। थेरापी सेवा सञ्चालन भएपछि बिरामीको सहज उपचारमा सहयोग पुग्ने जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताए।