दोस्रो युद्धविराममा विपिन जोशीको रिहाइको ठोस पहल गर्ने कतारको आश्वासन
2024/01/09, 4:35

कतारले हमास–इजरायल युद्धमा बेपत्ता पारिएका कञ्चनपुरमा विपिन जोशीको रिहाइका लागि दोस्रो युद्धविरामका बेलामा ठोस पहल लिने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुर पुगेर यस विषयमा जानकारी दिएका हुन् ।

‘विपिन जोशीको रिहाइका लागि निरन्तर कतार सरकारसँग कुरा भइरहेको छ’ मन्त्री साउदले भने, ‘दोस्रो युद्धविरामका लागि गृहकार्य भइरहेको छ । दोस्रो युद्धविराममा विपिनको रिहाइका लागि ठोस पहल गर्ने आश्वासन कतार सरकारले दिएको छ ।’ यसअघि मंसिर पहिलो सातादेखि चार दिनसम्म चलेको युद्धविरामका क्रममा विपिनको रिहाइको अपेक्षा गरिएको थियो ।
हमासले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति गरेको थियो । तर त्योभन्दा बढी संख्यामा रिहाइ गरे पनि विपिन रिहाइ भएका थिएनन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 8:11
2021/07/12, 5:44
2023/04/20, 12:06