डडेल्धुरा अस्पतालमा पिसीआर मेसिनको औपचारिक उद्घाटन
2020/07/06, 2:35
 
pcr

सुदूर पहाडको मध्य बिन्दुमा रहेको डडेल्धुरा अस्पतालमा पिसिआर ल्याब स्थापना भएको छ । हयुम्यानिटी फाउन्डेसन नेपालको पहलमा जनस्तरबाट रकम संकलन गरिएको रकमबाट पिसीआर ल्याब स्थापना गरिएको हो ।

फाउण्डेनसले पिसिआर स्थापनाका लागि सम्पुर्ण खर्च ९६ लाख नै व्यहोरेको छ । यसअघि ७० लाख दिने घोषणा गरिएकोमा जनस्तरमा सवैको सहयोग भएपछि पुरै रकम दिईएको हो । डडेल्धुरा अस्पताल डडेल्धुराले औपचारिक रुपमा ल्यावको उद्घाटन गरेको हो ।