
नागरिक उन्मुक्ति पार्टीले निर्वतमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई सह–अध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने भएको छ।

टीकापुरमा जारी प्रथम केन्द्रीय अधिवेशनबाट पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएपछि उनकी पत्नी रञ्जिताका लागि विधान संशोधन गरी सह–अध्यक्ष रहने व्यवस्था गर्ने तयारी गरेको हो।
पार्टीका नवनिर्वाचित महासचिव गंगाराम थारूले निर्वतमान अध्यक्षलाई व्यवस्थापन गर्न विधान संशोधन गरेर सह–अध्यक्षको व्यवस्था गर्न लागेको बताए। रेशम चौधरी नाउपाको अध्यक्षमा सर्वसम्मत चयन भएपछि रञ्जिता श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको नेताहरुले बताएका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/06/05, 5:09
2022/01/20, 12:11
2023/02/07, 12:37