
नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे छ ।

टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चाैधरी अध्यक्षमा निर्वाचित भएपछि बसेकाे पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे हाे ।
श्रेष्ठ रेशम चाैधरीकी श्रीमती हुन् । श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे बताउँदै नाउपाका अध्यक्ष चाैधरीले उक्त निर्णयकाे पत्र उनलाई पठाइएको बताए ।

नाउपाले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्था समेत गरेकाे छ ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56