६० मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो वितरण
2020/07/06, 6:22
 
chulo

कैलालीका ६० मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो वितरण गरिएको छ। ओरेक नेपाल र युएन वमनले स्थानीय तहको समन्वयनमा ६० मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो र आवश्यक भाडा वितरण गरेको हो।

ओरेक नेपाल कैलालीकी जिल्ला संयोजक विनु रानाले जिल्लाको कैलारी गाउँपालिकाका ३०, घोडाघोडी, गौरीगंगा र भजनी नगरपालिकाका १०/१० परिवारलाई इन्डक्सन चुलो वितरण गरिएको जानकारी दिईन्।

उनले इन्डक्सन चुलो वितरणमा सहकार्य गरेको भन्दै स्थानीय तहलाई धन्यवाद ज्ञापन गरिन्।