कैलाली कञ्चनपुरका सामुदायिक वनमा रुख कटानी, संलग्न दुई जना पक्राउ
2024/01/15, 3:00
 
ss

कैलाली र कञ्चनपुरका सामुदायिक वनमा पछिल्लो समय रुख कटानी तिब्र रुपमा भैरहेको पाइएको छ। कैलालीका १३ स्थानीय तहका विभिन्न स्थानमा वन अतिक्रमण गरी घरटहरा निर्माण भइरहेका पाइएका छन्।

वन अतिक्रमणले कैलालीमा सबैभन्दा ठूलो वसन्ता जैविक मार्गको कनेक्टीभिटी जोखिममा रहेको छ। का साथै वन क्षेत्र खण्डित भइरहेकाले वन्यजन्तुको वासस्थान विनास, अवैध चोरी निकासीरतस्करी र शिकारलगायतका क्रियाकलापले वन संरक्षणमा चुनौती थपिएको छ। यस्तै उता कञ्चनपुरमा पनी रुख कटानी तिब्र रुपमा भैरहेको पाइएको छ ।

सामुदायिक वनभित्र काँचो सालका रुख काटेको आरोपमा वनका अध्यक्षसहित दुईजना पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ स्थित गडबिजला सामुदायिक वनका अध्यक्ष धनीराम चौधरी र काठ काट्न संलग्न भएको आरोपमा सोही ठाउँका नारायण चौधरीलाई डिभिजन वन कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

गडबिजला सामुदायिक वनका पदाधीकारीहरुको मिलेमतोमा ब्यापक वन फडानी भइरहेको हो । सामुदायिक वनमा दर्जनौं सालका रुख काटिएका कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउदले बताए । ‘गडबिजला सामुदायिक वनमा काँचो सालका रुख काटेर गोलिया बनाइ गायब पारिएका छन् । वनमा हेर्न जाँदा ठुटा मात्र देखिन्छन ।डिभिजन वन कार्यालयले पनि वन फडानीमा चासो लिएको देखिदैन,’वडाध्यक्ष साउदले भने ।

यसअघि पनि सामुदायिक वनभित्र काँचो सालका रुख काटिएका थिए । त्यतिबेला पनि सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीका दाइरामबहादुर चौधरीको केराबारीमा चिरान गरिएको अवस्थामा काठ फेला परेको थियो। त्यतिबेलाको काठ काटन संलग्न नारायण चौधरीलाई शनिबार मात्रै पक्राउ गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत अमर सिह धामीले बताए । ‘सामुदायिक वनका पदाधिकारीको संलग्नताबिना काँचो रुख काटेर गोलीया बनाइ सप्लाई गर्न नै सकिँदैन,’वन अधिकृत धामीले भने, ‘नारायण चौधरी यसअधिको काठ कटानीमा पनि फरार अभियुक्त हुन् ।’

सामुदायिक वनका अध्यक्ष धनिराम चौधरीका दाइराम बहादुर चौधरी पनि डिभिजन वनले फरारको सूचीमा राखेको छ । वडाध्यक्ष अर्जुन साउदले पनि सामुदायिक वनका पदाधीकारीहरुको मिलेमतोमा दर्जनौं सालका काँचा रुखहरु कटानी भइरहेको बताए। ‘सामुदायिक वन भनेको उपभोक्ताले संरक्षण गर्ने क्षेत्र हो तर उपभोक्ताले नै चुनेर पठाएका पदाधीकारीहरु नै वन फडानीमा लागेका छन्,’वडाध्यक्ष साउदले भने ।’ उनले वन फडानीमा संलग्नहरुलाई कारवाही हुनुपर्ने बताए । ‘सामुदायिक वनभित्र राम्ररी निरीक्षण नै गरिएको छैन। हामीले डिभिजन वनलाई निरीक्षणका लागि पनि अनुरोध गरेका छौं,भित्रभित्र ठूलो संख्यामा रुख काटिएका छन,’वडाध्यक्ष साउदले भने। अन्नपूर्णबाट