विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ संशोधन गर्न बनेको विधेयक टेबुल
2024/01/23, 3:38
सुदूरपश्चिम प्रदेश विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिएको छ ।मंगलबार बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सो ऐन सभामा टेबल गरेका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री भट्टले प्रदेशको विपद जोखिम न्यूनिकरण र संघिय सरकारको ऐनबिच अन्तर रहेकाले त्यसलाई कम गर्न ऐन संशोधन गर्न टेबुल गरेको बताए । प्रदेशको अर्को बैठक माघ १२ गते शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।
2025/01/10, 2:06
2025/01/10, 2:02
2025/01/10, 2:01
2025/01/10, 1:59
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/02, 11:08
2021/08/03, 10:28
2022/05/04, 7:11
2023/06/08, 5:19