कञ्चनपुरमा भारतीय एसएसबीद्धारा नाप जाँच गरी सीमा अतिक्रमण, स्थानीयलाई सास्ती
2024/01/23, 3:46
 
dd

भारतीय पक्षबाट नेपाली भूमि कञ्चनपुरको बेलौरी भुडा क्षेत्रमा भारतीय एसएसबी नाप जाँच गरी सीमा अतिक्रमण गर्ने क्रम बढेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा पटक पटक हस्तक्षेपदेखि सीमा अतिक्रमण गर्न नेपाली सीमावर्ती क्षेत्रमा निर्माण हुने संरचनामा अवरोध गर्दै आएको छ ।

२०७५ सालदेखि हुलाकी राजमार्गस्थित बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा १२ सय मिटर सडक निर्माणमा अवरोध गर्दै आएको एसएसबीले नेपालीका खेतदेखि विकास पूर्वाधारसम्म हस्तक्षेप गर्दै आएको स्थानीयले गुनासो गरेका छन् । उक्त क्षेत्रका स्थानीयले उत्तराखण्ड पिलिभित जिल्लामा रहेको एसएसबसीको टोलीले बेलौरी नगरपालिका–१० भुडा क्षेत्रमा नेपाली भूमि नाप जाँच गर्न खोजेका बताए । विगतदेखि नेपाली भूमिमा हस्तक्षेप गर्दै आएको शसस्त्र प्रहरीले भुडा क्षेत्रमा हराएको सीमा पिलर खोजिबिनको बहानाबाजी बनाएर नेपाली भूमिमा नाप जाँच गर्न खोजेको स्थानीय बताउँछन् । त्यसैगरी भुडा क्षेत्रका स्थानीय ओम प्रकाश पन्तले केही भारतीय एसएसबीका जवान हतियारसहित नेपाल आएर नेपाली भूमि नाप जाँच गर्न खोजेको बताए ।

अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले सीमाको नाप नक्सा गर्दा नेपाल भारत संयुक्त सीमा सर्भे टोली हुँदाहुँदै भारतीय एसएसबीले नेपाली सुरक्षा निकायलाई समेत जानकारी नगराइ नाप जाँच गर्नु गलत भएको टिप्पणी गरे ।संयोजक भट्टले आफैले संयुक्त सीमा सर्भे टोली गठन गर्दा गरेको सम्झौता उल्लंघन गर्दै भारतीय दादागिरी भएको अथ्र्याएका छन् । भट्टले स्ट्रीप नक्सा तयार गर्दा नेपाली भूमि नेपाली जनताले भोगचलन गरेको जमिन, हुलाकी सडक, विद्यालयको जमिनलगायतका नेपाली भूमि भारततिर देखाएर सीमा समस्या सृजना गरेको भन्दै स्ट्रीप नक्सा सच्याउनु पर्नेमा जोड दिएका छन् ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति प्रेमबहादुर रावलले नेपाली सुरक्षा निकायलाई जानकारी नगराइ आएका भारतीय एसएसबीका जवानलाई सशस्त्र प्रहरीले फकाई दिएको बताए । उनले भने, ‘त्यहाँ खटिएको एसएसबीको नयाँ टोली रहेछ, हराएको पिलर हेर्न आएका हौँ भनेर हामीलाई जवाफ दियो, हामीले थाहा पाउने बित्तिकै बिओपी भुडाका सशस्त्र प्रहरी टोलीले उनीहरुलाई फर्काएका छौं ।’ उक्त विषयमा आफूले भारतीय सीमा सुरक्षा बलका कमानडेन शेरसिह चौधरीसँग छलफल गरेको जानकारी दिए ।