सुदूरपश्चिमको प्रदेश विपद् ऐन संशोधन गर्न बनेको विधेयक विषयगत समितिमा पेस
2024/01/31, 6:17

सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी संशोधन गर्न बनेको विधेयक छलफलका लागि विषयगत समितिमा पठाइएको छ । प्रदेश सभाको तेस्रो अधिवेशनको चौथो बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीको प्रस्तावमा विधेयक छलफलका लागि पठाइएको हो ।

मन्त्री चौधरीले प्रदेशसभा नियमावली २०७४ को नियम १०८ को उपनियम १ को ुखु बमोजिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रदेश मामिला तथा विधायन समितिमा पेस गर्न यो प्रस्ताव पेस गरेका थिए ।
सो विधेयक विषयगत समितिमा छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव सर्वसम्मत ढंगले स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराएका थिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02