
कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ कलुवापुरबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । सोही ठाउँका १९ वर्षीय नसिव राना र २२ वर्षीय विजय राना बिहीबार पक्राउ परेका हुन् ।

उनीहरुलाई ०.८१ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा नसिवको घरबाट खैरो हिरोइन फेला पारी दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 3:42
2020/10/21, 2:53
2021/05/13, 1:17
2021/12/08, 11:47
2022/12/18, 1:19