निर्मला हत्या प्रकरणः सीआईबीको टोली काठमाडौँ फिर्ता
2024/02/09, 12:24
 
ss

निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा खटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली पाँच वर्षपछि कञ्चनपुरबाट फिर्ता भएको छ । १० साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया पन्तको हत्या घटनामा अनुसन्धान गरिरहेको सीआईबीको टोली काठमाडौँ फर्किएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा छुट्टै कार्यकक्ष खडा गरेर विगत पाँच वर्षदेखि अनुसन्धानमा जुटेको सीआईबीको टोली करीब एक महिनाअघि काठमाडौँ फिर्ता भएको हो ।

सीआईबीका प्रहरी निरीक्षक धनदेव साउँद नेतृत्वको टोली अनुसन्धानका क्रममा प्रयोग गरिएका कम्प्युटर, फाइल तथा अन्य कागजपत्र लगायतका सबै सामान लगेर फर्किएको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो ।कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० कमल थापाले केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली फिर्ता भएपनि अनुसन्धानको काम भने अहिले पनि भइरहेको बताए ।

‘आन्तरिक सरुवामा पछिल्लो समय प्रदेशबाट धेरै जना खटिरहनुभएको थियो । सीआईबीबाट खटिनुभएका व्यक्ति अन्यत्र जानुभयो,’ थापाले भने, ‘त्यसपछि मुद्दा डेस्कमा गयो । २०७५ सालमा खटिएको टोलीकै सदस्यले माथिबाट जिल्लामा सम्र्पक गर्नुहुन्छ ।’अनुसन्धानको प्राविधिक पाटोमा सघाइरहेको सीआईबीको टोली भौतिक रुपमा कञ्चनपुरमा नभएपनि निरन्तरत समन्वयमा रहेर काम गरिरहेको उनी बताउँछन् । ‘उहाँहरु भौतिक रुपमा जिल्लामा नहुनुको अर्थ सीआईबीले मुद्दा छोडेको भन्ने होइन नी । हामीसँगको समन्वयमा अहिले पनि काम गरिरहनुभएको छ,’ थापाले भने ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान प्रक्रिया राम्रोसँग अघि बढिरहेको बताउँदै यो विषयमा धेरै कुरा भन्न नमिल्ने बताए ।‘अनुसन्धान टोली मुभ भएको कुरा सार्वजनिक पनि गरिदैन् । विभिन्न प्रक्रिया र चरणबाट अनुसन्धान भइरहेको छ । अनुसन्धान टोली एक ठाउँबाट अर्को ठाउँ किन गयो रु भनेर भन्ने कुरा पनि आएन,’ ढकालले भने,‘अनुसन्धानको प्रक्रिया राम्रोसँग अघि बढिरहेको छ भन्ने कुरा बुझ्नुहोस् ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले भने सीआईबीको टोली फर्किसकेको नभएको जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० प्रज्वल महर्जनले अनुसन्धानका क्रममा आउने–जाने क्रममा सीआईबी कञ्चनपुरबाट गएको भएपनि अनुसन्धानमै रहेको बताए । ‘आउने–भइराख्छ त्यही क्रममा उहाँहरु जानुभएको होला । अहिलेसम्मका सूचना विश्लेषणका लागि गएको पनि हुनसक्छ,’ महर्जनले भने, ‘तर जिल्ला छाडेर गइसकेको, अनुसन्धान नै छाडिसकेको भन्ने कुरा होइन ।’

निर्मलाको हत्या भएदेखि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरमा रहेर अनुसन्धान गर्दै आएको थियो । यो पाँच वर्षको अवधीमा नेपाल प्रहरीले विभिन्न तहका अधिकृतको नेतृत्व दर्जनौँ अनुसन्धान टोली कञ्चनपुर पठाइसकेको छ ।तर अहिलेसम्म कुनै नतिजा हात परेको छैन । कतिसम्म भने निर्मला हत्या प्रकरणमा विवादीत भएर निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्ट पुर्नवहाली भएर एसएसपी बनिसकेका छन् ।

उनीपछि जिल्ला प्रहरी कार्यालयको नेतृत्व गरेका कुवेरसिंह कडायत एसएसपी हुँदै डीआईजी भइसकेका छन् । निर्मलाको हत्या अभियोगमा मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह बिष्टलाई पक्राउ गरि सार्वजनिक गरेपछि वास्तविक दोषी बचाउन भूमिका खेलेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो ।त्यही कारण तत्कालीन एसपी दिल्ली बिष्ट निलम्बनमा परेका थिए । रोचक कुरा के भने, अहिले एसएसपी भइसकेका उनै बिष्ट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा छन् । त्यो बेला जिल्लाको नेतृत्व गरेका बिष्ट अहिले प्रदेशकै दोस्रो सिनियर प्रहरी अफिसर हुन् । तर विष्टले अहिले यो विषयमा टिप्पणी गर्न उपयुक्त नहुने भन्दै कुनै प्रतिक्रिया दिएनन् ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेकै दिन निर्मला पन्तको न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका थिए । लामिछानेकै निर्देशनपछि प्रहरी नायब महानिरीक्षक डीआईजी दुर्गा सिंह नेतृत्वको नयाँ अनुसन्धान समिति समेत बनाइएको थियो । सिंह नेतृत्वको टोली पनि अरु जस्तै अनुसन्धान गर्ने भन्दै कञ्चनपुर पुगेर फर्किएको थियो । यो प्रकरणको अनुसन्धानमा खटिने प्रहरी अधिकृतहरु विभिन्न कारणले घटना गिजोलिएको भन्दै गाह्रो भएको बताउँछन् । ‘बाहिर जे–जे कुरा भनिएपछि निर्मलाको हत्या घटनाको अनुसन्धान जहाँको त्यही छ । यो घटनामा ठूलो राजनीति भएकै कारण गिजोलिएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘दोषी पत्ता लगाउने कुरा फलामको चिउरा चपाए सरह हुने देखिन्छ ।’