
डोटीमा बाघले ९ बाख्रा मारेको छ। जिल्लाको जोरायल गाउपालिका वडा नम्बर ६ गावरमा बाघले खोरमा पसेर सबै बाख्रा मारेको हो।

सोमबार राति स्थानीय धर्मादेवी साँउदको घर नजिकैको बाख्रा खोरमा बाघ पसेर खोर नै रित्याईदिएको छ। ९ बटा बाख्रा रहेको खोरमा बाघले सबै बाख्रा मारेको हो।
राति पसेको बाघले बाख्राको घाटीबाट रगत खाएर मारेर छोडेको छ । पहिले पनि सो क्षेत्रमा वनमा चर्न गएका बाख्रा बाघले मार्ने गरेको थियो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22