दार्चुलामा एक महिलाको शव फेला परेको छ।
जिल्लाको महाकाली नगरपालिका–८ असिगडास्थित महाकाली नदी बगरमा महिलाको शव फेला परेको हो।
करिब २५ वर्षीया ती महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रहरीका अनुसार शव अर्ध सडेगलेको अवस्थामा फेला परेको हो।