दार्चुलामा ट्याक्टर दुर्घटनामा ओभरसियरको मृत्यु, चालक फरार
2024/02/20, 9:15
 
ss

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका-२ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ग्वालेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ००२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भएर सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो।

बार साँझ भएको दुर्घटनामा ट्याक्टरमा सवार सोही निर्माण सेवाका ओभरसियर धनुषाको नारायण नगरपालिका-५ गोमरखोली बस्ने ३२ बर्षीय रामसागर रावतको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइतेको उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका-१ बस्ने बिजेन्द्रसिंह नायक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।