अछामको एक पालिकाको गाउँ सभा दलित जनप्रतिनिधिद्धारा बहिष्कार
2024/02/20, 9:30
 
ss

अछामको तुर्माखाद गाउँपालिकाको सोमवारका लागि तोकिएको गाउँ सभा पालिकाका सबै दलित जनप्रतिनिधिले बहिस्कार गरेका छन्।दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालको अगुवाइमा भएको गाउँ सभा पालिकाकामा रहेका १३ जनै दलित जनप्रतिनिधि र स्थानीय दलित समुदायका अगुवाले बहिस्कार गरेका हुन्।

राज्यका सबै क्षेत्रमा १४ प्रतिशत दलित समुदायको प्रतिनिधित्व गर्नुपर्ने, दलित सशक्तिकरणका लागि योजना निर्माण गर्नुपर्ने, अवकाश दिएका दलित समुदायका कर्मचारीलार्य पुर्नस्थापना गर्नुपर्ने, दलित समुदायलाई एम्बुलेन्स सेवा निशुल्क दिनुपर्ने र उच्च शिक्षा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई छात्रवृतीको अनिवार्य व्यवस्था गर्नुपर्ने लगायतका पाँच बुदेँ माग गर्दै गाउँ सभा बहिस्कार गरिएको दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालका संयोजक गम्भिरसिंह भुलले बताए।

उनका अनुसार गाउँ सभा बहिस्कार गर्नुका साथै पालिकाको कार्यालयमा नै दलित निषेधित पालिका भन्दै कालो ब्यानरसमेत टासेर बिरोध जनाएका छन्। आफ्ना पाँच बुदेँ माग पुरा नगरेर गाउँपालिकाको कार्यालयमा नै तालाबन्दी गर्ने तयारी रहेको संयोजक भुलले बताए। गाउँपालिकाले भने दलित जनप्रतिनिधि तथा दलित समुदायका अगुवाले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बुढाले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन्।