
कैलालीको भजनीमा रहेको सरस्वती सामुदायिक वनमा फँडानी गरिएको छ। सामुदायिक वनले झाडी सफा गर्ने भन्दै ठुला काठहरूसमेत कटानी गरेपछि अध्यक्ष बुधराम चौधरी पक्राउ परेका हुन। नेकपाको युवा संगठनले अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको हो।

सामुदायिक वनको वार्षिक कार्यक्रम अनुसार झाडी सफा गर्ने नीति हुन्छ। तर, सरस्वती सामुदायिक वनमा काठहरूसमेत काटिएको भन्दै युवाहरूले विरोध गरेका हुन्। सब डिभिजन वन कार्यालय, सुखडका प्रमुख नितेश भटराईले सोधपुछका लागि अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएको बताए। उनले वार्षिक कार्यक्रम र जंगलमा फँडानी भएका काठको विषयमा अनुसन्धान जारी हरेको बताए।
सामुदायिक वनबाट जामुन लगातका रुखहरू कटानी गरिएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08