सुदूरपश्चिमका चार पहाडी जिल्लामा पेट्रोलियम पदार्थ ड्रममा राखेर बेच्न पाईने
2020/07/07, 3:21
सुदूरपश्चिमका चार जिल्लामा पेट्रोलियम पदार्थ ड्रममा राखेर बेच्न पाईने भएको छ । नेपाल आयल निगमले २१ वटा दुर्गम जिल्लामा ड्रम वा सुरक्षित भण्डारणमा राखेर बेच्ने विक्रेता नियुक्त गर्न आवेदन माग गरेको छ । देशभरीका २१ जिल्लाका विक्रेताले सो अनुमति पाउने भएका छन् ।
सुदूरपश्चिमका चार जिल्लाका विक्रेताले अनुमती पाउने भएका छन् ।दार्चुला, बझाङ, बाजुरा र अछाम जिल्लामा निगमले प्याक्ट डिपो सञ्चालन गर्न दिने जनाएको छ ।
ड्रममा राखेर तीन हजार तथा चार हजार लिटरसम्म पेट्रोलियम पदार्थ बिक्री गर्न पाइन्छ । ड्रम र ट्यांकीमा राखेर खुद्रामा पेट्रोलियम बिक्री गर्न चाहने संस्था वा व्यक्तीले निगमको प्रादेशिक तथा केन्द्रीय कार्यालयमा निवेदन गर्न सकिने निगमले जनाएको छ ।
2025/01/10, 2:06
2025/01/10, 2:02
2025/01/10, 2:01
2025/01/10, 1:59
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/06/16, 12:34
2020/10/20, 10:47
2021/08/11, 6:34
2022/05/22, 12:12
2023/07/29, 2:19