प्रदेश सरकार विस्तारमा डा. जोशी र राप्रपाका विष्ट सहभागी भएनन्
2024/03/08, 9:16
 
ss

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उन्मुक्तीका थप प्रदेश सदस्यलाई मन्त्रीको सपथ खुवाएका छन् । तर सरकार टिकाउन निर्णायक रहेका स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशी र राप्रपाका खेमा विष्ट सरकारमा सहभागी भएनन् । 

यद्यपी जोशी र विष्टर्का  सरकारमा सामेल हुने विश्वास गरेर क्रमश सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्राालय खाली छोडिएको छ । 

उन्मुक्तीका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालय, खुसिराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरी कृषि राज्यमन्त्री नियुक्त गरिएको छ । कृषि राज्यमन्त्री कैलास चौधरीलाई फिर्ता बोलाइएको छ ।