सुदूरपश्चिमका डीआईजीले बनाए प्रहरीको प्रदेश “इन्टेलिजेन्स” टिम
2024/03/08, 9:27
 
aa

सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० रविन्द्र केसीले अपराध अनुसन्धानका लागि छुट्टै टोली गठन गरेका छन् । तत्कालीन डीआईजी भरतबहादुर बोहराले प्रदेश अनुसन्धान समूह आरआईटी खारेज गर्दै पुर्नगठन गरेको पृष्ठभूमिमा आरआईटीलाई खारेज गर्दै अहिलेका डीआईजी केसीले प्रोभेन्स इन्टेलिजेन्स टीम नाम दिएर छुट्टै टोली गठन गरेका हुन् । उनले प्रहरी नायब निरीक्षक सईको नेतृत्वमा चार जना प्रहरी कर्मचारी रहनेगरि प्रोभेन्स इन्टेलिजेन्स टिम पिआईटी गठन गरिएको जानकारी दिए ।

उक्त टोलीले प्रदेशका अपराध अनुसन्धान, सहायता र अनुगमन, लागुऔषध, चोरी तस्करी नियन्त्रण र कानुन कार्यान्वयनमा काम गर्ने केसीले बताए ।आईटीमा प्रदेशमा उपलब्ध भएसम्म अपराध अनुसन्धानमा विज्ञ, आईटी विज्ञ र सहयोगी प्रहरीलाई समावेश गरिएको उनी बताउँछन् । उक्त टोलीलाई प्रदेशभरको अनुसन्धानको दिशा कसरी गइरहेको छ रु भनेर अनुगमन गर्ने तथा परामर्श दिने अधिकार समेत दिइएको छ । आवश्यकताअनुसार पिटीआईको स्तर बृद्वि गर्दै लगिने समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।