सुदूरपश्चिमका सर्बाधिक रक्तदाता उपाध्याय सम्मानित
2024/03/13, 12:08
 
ss

चैतन्य पाठशालाले सुदूर पश्चिमका सर्बाधिक रक्तादाता ९१०४ पटक० दीपक उपाध्यायलाई सम्मान गरेको छ । चैतन्य पाठशालाले सोमवार आयोजित २३ औं वार्षिकोत्सव समारोहमा मानव जीवनको रक्षाका लागि रक्तदान गर्दै आएका उपाध्यायलाई सम्मान गरेको हो ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य डा। तारा जोशी, बिशिष्ट अतिथि मदन पुरस्कार बिजेता महाकाव्यकार डा। नवराज लम्सालले कदर पत्र र दोसल्ला सहित सर्बाधिक रक्तदाता उपाध्यालाई सम्मान गरे । चैतन्य पाठशालाका अध्यक्ष गणेशराज जोशीले पत्रकारितासंगै सुदूरपश्चिममा मानवजीवनको रक्षाका लागि निरन्तर रुपमा रक्तदान गर्दै आएका उपाध्यालाई अरुलाई समेत रक्तदान गर्न उत्प्रेरित गरेकोमा सम्मान गरिएको बताए ।

चैतन्य पाठशालाले वार्षिकोत्सव समारोहमा रक्तदाता उपाध्याय सहित समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको थियो ।