
कैलालीको टीकापुर स्थित एक घरमा ग्याँस बन्द गर्ने क्रममा आगलागी भएको छ। टीकापुर नगरपालिका १ ब्लक नम्बर ९ स्थित आशिष बजगाईको घरको भान्सा कोठामा चिया पकाई ग्याँस बन्द गर्ने क्रममा मंगलवार साँझ आगलागी भएको हो।

आगलागी हुँदा भान्साकोठा भित्र रहेका फ्रीज, पङ्खा, किचन ¥याक, ग्याँस चुलो, सोफा सेट, एलइडी टिभी लगायतका सामान गरी अन्दाजी ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39