
बझाङ्गका युवकसहित दुई जना कैलालीबाट लागूऔषधसहित पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका- १ बसन्तपुरबाट २ ग्राम २३० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित बझाङ्गको केदारस्यु गाउँपालिका- ७ बस्ने ३८ वर्षीय खडक धामीसहित दुई जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी दुबैलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/06/05, 5:09
2022/01/20, 12:11
2023/02/07, 12:37