सुदूरपश्चिमको प्रदेश प्रमुखबाट बिदा हुँदै गर्दा जोशीले भने – अब सक्रिय राजनीतिमा लाग्छु
2024/03/13, 12:15

२८ महिना सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख रहेर बिदा हुँदै गर्दा देवराज जोशीले आफू अब सक्रिय राजनीतिमा लाग्ने बताएका छन् ।

सोमवार पदमुक्त भएका जोशीले मङ्गलवार धनगढीमा पत्रकारसँगको भेटघाटमा पहिलेजस्तै सक्रिय राजनीतिमा लाग्ने बताएका हुन्। उनी प्रदेश प्रमुख हुनु भन्दा अघि सम्म नेपाली काँग्रेसको सक्रिय राजनीतिमा थिए ।
बाजुरा निवासी जोशी २०४८ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए भने २०६४ सालमा संविधान सभामा निर्वाचित भएका थिए । जिल्ला पार्टी सभापति समेत भइसकेका जोशी थुप्रै पटक महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि भए ।

२०७८ को कात्तिक २३ मा प्रदेश प्रमुखमा नियुक्त भएका जोशीलाई सोमबार सरकारले पदमुक्त गरेको हो । यो अवधिमा आफ्नो जिम्मेवारी र भूमिका सही ढङ्गले निर्वाह गरेको भन्दै उनले आफ्नो कार्यकाल सफल भएको दाबी गरे ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57