
धनगढीमा प्रहरीले लागुऔषध खैरो हेरोईन सहित एक जनालाई पक्राउ गरेको छ। आज शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारी तुलसीबारी चोकबाट उनलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारत लखिमपुर पलियाकला खिरीका २० वर्षीय करन राना रहेका छन्। रानालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १७ ग्राम २४० मिलीग्राम हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी बरारामद गरिएको थियो।
उनलाई प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र स्थानीय प्रहरीको टोलीले पक्राउ गरेको हो। यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/06/05, 5:09
2022/01/20, 12:11
2023/02/07, 12:37