महाकाली उखु मिल बन्द हुने अवस्थामा
2024/03/16, 3:53
 
aa

 कच्चा पदार्थ नपाउँदा महाकाली उखु मिल बन्द हुने अवस्थामा पुगेको छ । बेलौरी स्थित महाकाली सुगर इण्ड्रटिज प्रालि कच्चा पदार्थ उखु नपाउँदा बन्द हुने अवस्थामा पुगेको हो ।

मिलले उखु पर्याप्त मात्रा आपूर्ति नआएकोले मिल बन्द गर्ने अन्तिम सूचना समेत जारी गरिसकेको छ । चैत्र ५ गते देखि मिल बन्द हुने भन्दै मिलले कहीँ कतै उखु बाँकी भए मिलमा सप्लाइ गर्न किसानहरूलाई सूचित गरेको छ ।

‘दुई पटक सूचना गर्दा समेत मिलमा पर्याप्त मात्रामा उखु आपूर्ति नआएको र पटक पटक लामो समय सम्म नो केन भई रहेकाले अब यस क्षेत्रमा खडा उखु नरहेको कुरा सम्बन्धित क्षेत्रमा फिल्ड कर्मचारीहरूबाट जानकारी हुन आएकोले अब पनि जो कसै किसान दाजु भाइहरू सँग बिउ बाहेक खडा रहेको उखु चैत्र ५ गते राती १२ बजे सम्म काटी मिलमा सप्लाई गरी सक्नु हुन अनुरोध गरिन्छ’ उखु मिलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

उखु मिलले नो केन हुँदा चैत्र २८, फागुन १ मा दुई पटक सूचना जारी गरेको थियो । शनिवार मिलले अन्तिम पटक तेस्रो सूचना जारी गरेको हो । यहीँ मंसिर पहिलो हप्ता देखि महाकाली सुगर मिलले उखु पेल्न सुरु गरेको थियो । पौषको अन्तिम तिरबाट मिलमा उखु अभाव हुँदै आइरहेको थियो ।