एमाले कञ्चनपुर अधिवेशनः अध्यक्षको लागि रस्साकस्सी,निर्वाचन तालिका सार्वजनिक
2024/03/16, 3:56
 
hfdgfd

 कञ्चनपुरमा एमाले अधिवेशनमा अध्यक्ष चयन गर्न रस्साकस्सी परेको छ। बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान चोकमा नवौ अधिवेशन उद्घाटन गर्दै केन्द्रीय सदस्यलाई सर्वम्मत बनाउन निर्देशन दिएपनी नेतृत्व चयनमा रस्साकस्सी परेको हो ।

बिहीबार चैत १ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले सकेसम्म सर्वसम्मत नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयनको प्रयास गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।अहिले पनि सहमतिको प्रयास जारी रहेको छ । तर सहमतिकै प्रयास जारी रहेकै बेला निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।निर्वाचन तालिका अनुसार प्रारम्भिक मतदाता नामावली प्रकाशन शुक्रबार साँझ गरिएको छ भने आज शनिवारबाट त्यसमा दाबी विरोधको समय निर्धारण गरिएको छ।

बिहान ९ बजेदेखि उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र पर्सि मतदानको समय निर्धारण गरिएको छ। आज बेलुकी ९बजेसम्म अन्तीम नामावली प्रकाशन तथा साढे ९ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत भोजराज पाठकले उल्लेख गरेका छन् । एमाले कञ्चनपुर अध्यक्षलागि अहिले सम्म चार नेता आकाङ्क्षी देखिएका छन्। अहिले लक्ष्मी बुढा, पल्लवराज भट्ट, अशोककुमार चन्द र हिरा चन्दले अध्यक्षमा दाबी गरिरहेका छन् ।

०५३ साल विद्यार्थीबाटै राजनीतिक यात्रा गरेका लक्ष्मी बुढा अहिले उपाध्यक्ष एवं कावा अध्यक्ष हुन्, उनले पनि अध्यक्षको दाबी गरेकी छिन्। ०४६ साल विद्यार्थीबाट राजनीतिक यात्रा गरेका पल्लवराज भट्ट एमाले कञ्चनपुरका सचिव हुन्, उनले पनि जिल्ला अध्यक्षको नेतृत्वका लागि आकाङ्क्षा राखेका छन्।अध्यक्षका लागि देखिएका भट्ट र बुढा ८ औँ अधिवेशनमा सचिव र उपाध्यक्षमा निर्वाचित भएका थिए । पूर्ववेदकोट नगरका मेयर अशोककुमार चन्द ८औँ अधिवेशनमा सचिवमा पराजित भएका थिए।

०४६ साल विद्यार्थीबाटै राजनीतिमा आएका अशोककुमार चन्द अघिल्लो अधिवेशनमा सचिव र अहिलेको अधिवेशनमा अध्यक्षको नेतृत्वका लागि देखिएका छन्।०४६ सालदेखि विद्यार्थीबाटै राजनीतिमा जोडिएका हिरा चन्द पनि देखिएका छन्। विद्यार्थीबाटै राजनीतिक यात्रा गरेका उनी शैक्षिक, प्राज्ञिक क्षेत्रमा जोडिएका छन्। चन्दद्वय एमाले सुप प्रदेश सचिवालय सदस्य हुन्। एमाले जिल्ला कमिटीसहित चार सय ६४ जिल्ला प्रतिनिधिले पार्टीको नेतृत्व पदाधिकारी सदस्य छनोट गर्न पाउनेछन्।अधिवेशनबाट पाँच पदाधिकारी सहित १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ। त्यसमा भौगोलिक क्षेत्रबाट ५०, समावेशी ४६,खुला १९ सदस्य निर्वाचित हुनेछन् । निर्वाचनबाट ७ सदस्यीय लेखा समिति पनि निर्वाचित हुने बताइएको छ।

ewr