कर्णाली चिसापानी पुल एक सातापछि सुचारु
2024/03/18, 1:56
 
ss

कर्णाली चिसापानी पुल एक सातापछि सुचारु भएको छ । गत फागुन २८ गते वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा ५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलको १४ सपोट डोरीमा आंशिक क्षति पुुगेको थियो । 

एक साता बन्द रहेको पुल सोमबारबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । केही दिन त्यसको अवस्था हेरेर विज्ञको सुझाव पछि दुई तर्फी यातायात चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।अहिले तत्काल एकतर्फी मात्रै यातायात चल्ने छन् ।

पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मंगलवारदेखि खटिएको थियो । कर्णाली पुल भएर आवतजावत बन्द गरिएपछि लम्की, टीकापुर, सत्ती पुल हुँदै राजापुरबाट बर्दिया पुग्ने वैकल्पिक बाटो प्रयोग गरिएको थियो ।