हुलाकी सडकको बाँकी काम तत्काल सुरु गर्ने सहमति
2024/03/18, 2:03
 
dd

हुलाकी सडक निर्माणको बाँकी काम तत्काल सुरु हुने सहमति भएको छ।कञ्चनपुरको हुलाकी सडक निर्माण कार्य तत्काल सुरु गर्ने सहमति भएको हो। क्रान्तिकारी युवा संगठन, हुलाकी राजमार्ग योजना कार्यलय र निर्माण व्यवसायीबिच तत्काल सडक निर्माण कार्य सुरु गर्ने सहमति भएको छ।

क्रान्तिकारी युवा संगठनले दैजी–बेल्डाँडी–बेलौरी–पुनर्वास हुँदै डोकेबजार जोड्ने सडकखण्डको ७ वर्षसम्म निर्माण कार्य बन्द रहेपछि हुलाकी सडक कार्यालयमा तालाबन्दी गरेको थियो। कार्यालयमा ताला लगाएपछि सोमबार बिहान तीनै पक्षबिच तत्काल काम सुचारू गर्ने सहमति भएको क्रान्तिकारी युवा संगठनले जनाएको छ। योजना प्रमुख पारसमणी हमाल, क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम संयोजक दिपेन्द्रसिंह ऐरी, कैलाली जिल्ला संयोजक तिलक वयक, निर्माण व्यवसायी रोशन भट्ट र महेश चन्दले निर्माण कार्य चैत १५ गतेभित्र थालनी गरी २५ गतेदेखि कालोपत्र सुचारु गर्ने सहमति भएको हो।