कैलालीमा होलीको बेला अरुलाई जिस्काउने, लोला हान्ने काम नगर्नू सजाय हुन्छ
2024/03/18, 2:09
 
ss

कैलालीमा यस बर्षको होली ९फागु पूर्णिमा०लाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ। जिल्ला प्रशासन कैलालीले एक सूचना जारी गर्दै चाडपर्व मनाउने नाममा अवाञ्छित क्रियाकलापहरु नगर्न र मर्यादित रुपमा होली खेल्न अनुरोध गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन्। होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगरी साँस्कृतिक पर्वलाई मर्यादित एवम् सभ्य रुपमा मनाउनुपर्ने प्रशासनले आग्रह गरेको छ।

प्रशासनले कसैको इच्छाविपरीत रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट सकम असुल्ने, लोला हान्ने, मादक तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, अरुलाई जिस्काउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा डिजे बजाउने जस्ता अवाञ्छित क्रियाकलापहरु नगर्न सूचनामार्फत सचेत गराएको छ ।‘चैत ११ गते पहाडी होली र १२ गते तराईका लागि परेको रङ्गहरुको साँस्कृतिक पर्व फागु पूर्णिमाको अवसरमा उक्त साँस्कृतिक पर्वलाई मर्यादित एवम् सभ्य रुपमा मनाउनु हुन र कोही कसैलाई इच्छा विपरित रङ्ग, लोला र पानी छ्याप्ने तथा सार्वजनिक स्थलहरुमा होहल्ला नगर्नरनगराउनु हुन समेत सबैमा हार्दिक अनुरोध गरिन्छ।

’सहायक प्रजिअ जोशीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘यस सूचनाको बर्खिलाप हुनेगरी कानून विपरितका गतिविधिहरु कोही कसैबाट भएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।’ चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरीत रङ्ग लगाउने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, लोला हान्ने पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने, अरुलाई जिस्क्याउने, सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजा ९डिजे० बजाउने तथा अरुलाई अप्ठेरो पर्ने खालका कुनै पनि गतिविधि गरेको पाइए कारबाही हुने प्रशासनको चेतावनी छ। ट्राफिक प्रहरीलेठाउँठाउँमा प्रहरी परिचालन गरेर ट्राफिक जाँचलाई तीव्रता दिइने योजना बनाएको छ।