कञ्चनपुरबाट समातिए कैलालीका दुई जना लागूऔषध प्रयोगकर्ता
2024/03/18, 2:13
 
ss

कञ्चनपुरबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट ४५ ट्याब्लेट नाट्रोजेपाम र १२ क्याप्सुल स्पास सहित कैलालीको भजनी नगरपालिका- ८ का २३ वर्षीय बिनोद शाह र भजनी नगरपालिका- १ का २२ वर्षीय अर्जुन बिक आईतवार साँझ पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा लागूऔषधस बरामद गरि दुबै जनालाई पक्राउ गरेको हो। उनीहरुमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।