
पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसरमा धनगढीमा मन्दिरमा पुजा सहित फलफुल वितरण गरिएको छ । स्वतन्त्र राष्ट्रवादी नागरिक समाजको अगुवाईमा धनगढी स्थित आमाको माया छात्रावास र दृष्टि फाउण्डेसनमा फलफुल वितरण गरिएको राष्ट्रवादी नागरिक समाजका ललित जोशीले जानकारी दिए ।

यसैगरी जन्मोत्सवको अवसरमा नै धनगढी स्थित लक्ष्मिनारायण मन्दिरमा पुजाआजा समेत गरिएको जोशीले बताए । पुर्वराजा ज्ञानेन्द्रका समर्थकले देशभर विभिन्न कार्यक्रम सहित उनको जन्मोत्सव मनाएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39